• २० असोज २०८३, मंगलबार
  • १ः१६ राती

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते हुने

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार १०:३२

८ पुस २०७८, काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।

National Life

मंसिर २४ देखि २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।


कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया