• २० असोज २०८३, मंगलबार
  • २ः५५ राती

प्रदेश १ मा माओवादीका ७ बजेदेखि मतदान

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०४:१६

७ पुस, २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको हो ।

National Life

आज बुधबार साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।


माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । धेरै आकांक्षी भएका कारण सहमतिबाट पदाधिकारी चयनको प्रयास असफल भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन् । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।


निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ ।

प्रतिकृया