• १९ असोज २०८३, सोमबार
  • ११ः११ राती

जाजरकोटको केन्द्रीय सदस्यमा भारी मतका साथ शाह विजयी

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार १२:०८

६ पुस, २०७८, काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रीय सदस्यमा भारी मतका साथ राजीव विक्रम शाह विजयी भएका छन् । उनीसँगै कर्ण बुढा र जानकी सिंह पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

National Life

कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रीय सदस्यमा पाँच जनाको उम्मेदवारी परेको थियो ।


विजेता उम्मेदवारमध्ये शाहले सर्वाधिक मत दुई हजार ८ सय २० पाए । अर्कोतिर बुढाले दुई हजार दुई सय मत प्राप्त गरेका छन् । भुगोल तर्फ महिला केन्द्रीय सदस्यमा जानकी सिंहले दुई हजार ६ सय २४ मत ल्याएर विजेता बनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

समाजसेवाबाट राजनीतिमा आउनु भएका शाह जाजरकोटबाट देशकै पुरानो पार्टी नेपाली कांग्रेसको पहिलो केन्द्रीय सदस्य बनेका हुन्। सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार भए पनि शाहले गुट भन्दा माथि उठेर एकताका लागि काम गर्दै आएका छन् ।

प्रतिकृया