• ६ असोज २०८३, मंगलबार
  • १०ः१५ बिहान

पोखरा फाइनान्स र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार १०:४०

६ पुष २०७८, काठमाडौं : पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । पोखरा फाइनान्स लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

National Life

उक्त सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । कम्पनीको अनुसार पुस ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।


पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु अब शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले गर्ने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया