कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदको मतगणना जारी
प्रकाशित मिति
२०७८ पुष २ गते, शुक्रबार ११:२२
२ पुस २०७८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताएका छन् ।
घिमिरेका अनुसार ‘४ वटा क्लष्टरको मतपेटिका खोलिसकिएको छ भने पिछडिएको क्षेत्रको बाँकी छ । जनशक्ति जुटाएर त्यो पििन केहिबेरमा खोल्ने तयारी भइरहेको जनाइएको छ ।
खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।
मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।
थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।
त्यस्तै, पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।








प्रतिकृया