भक्तपुरमा शनिवार वृक्षारोपण कार्यक्रम : सभामुख महराको प्रमुख आतित्थ्यमा समुद्घाटन हुने
प्रकाशित मिति
२०७६ असार १३ गते, शुक्रबार ०७:१४
राष्ट्रिय वृक्षारोपण दिवस, अषाढ १४ गतेको पावन अवसर पारेर हनुमन्ते नदि सफाई अभियानले ७० औ हप्ताको सरसफाई कार्यक्रमको अवसरमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराको प्रमुख आतित्थ्यमा समुद्घाटन हुने भएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने र अषाढ १४ गते देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने गरि कार्यक्रमहरु तय गरिएकाले भक्तपुर जिल्लामा पनि सोहि बमोजिमको कार्यक्रम आयोजना गरिएको सांसद वस्नेत वताउनुभयो ।
हनुमन्ते नदी सफाई अभियान, सूर्यविनायक नगरपालिका एवं दक्षिण बराही उद्यान सामुदायिक बनउपभोक्ता समूहसँगको संयूक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सभामुख महराको प्रमुख आतिथ्यता एवं संघिय सांसद महेश वस्नेतको विशेष आतिथ्यताका साथ नयाँ ठिमी शखंधर चोकमा विहान ठीक ७ बजे जम्मा भई सरसफाई कार्यक्रमका साथ दक्षिण बराही पार्कमा पुगि वृक्षारोपण गर्ने कार्यक्रम तय गरेको छ ।
जलवायु परिवर्तन र विश्वमा तापमान वृद्धिले सृजना गरिरहेका प्रतिकूल प्रभावहरुलाई न्यूनिकरण गर्न यो अभियान कोशेढुङ्गा सावित हुने सांसद वस्नेतले बताउनुभयो । नेपालमा करीब ४५ प्रतिशतको हाराहारीमा वन भए पनि पछिल्लो समय शहरी क्षेत्र उजाड बन्दै गएको बेला वन तथा वातावरण मन्त्रालयले विरुवा उत्पादन, रोपण तथा वितरण गरेर मनाउन लागेको वृक्षारोपण कार्यक्रम अन्र्तगत ७७ वटै जिल्लामा विभिन्न ठाँउका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार, जगंल लगायतका स्थानहरुमा ५ करोड भन्दा बढी विरुवाहरु रोप्ने योजना बनाएको सांसद वस्नेतले उल्लेख गर्नुभएको छ ।
५ हजार भन्दा बढिको सहभागीता हुने लक्ष्य लिइएको सो वृक्षारोपण कार्यक्रममा आयोजक पक्षले आमजनसमुदायहरु समक्ष सहभागी हुन र आफ्नो नीजि घरजग्गा र सार्वजनिक स्थलमा समेत कम्तीमा पनि २ वटा विरुवा रोप्न, आफुले रोपेका विरुवाहरुको भविष्यमा पनि आवश्यक हेरचाह गर्न र यस महत्वपूर्ण अभियानलाई सघाउ पु¥याउन आह्वान समेत गरेको छ ।
निवार विहान ७ बजे नयाँ ठिमी शखंधर चोकबाट सडक सरसफाई साथ शुरुवात गरिने कार्यक्रम सूर्यविनायक नगरपालिका–४ स्थित दक्षिण बराही उद्यानमा पुगि सभामुख महराद्धारा वृक्षारोपणका साथ कार्यक्रमको उदघाटन गरि वृक्षारोपण दिवस कार्यक्रम मनाइने कार्यक्रम रहेको हनुमन्ते नदि सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले जानकारी गराउनु भएको छ ।






प्रतिकृया