• १७ असोज २०८३, शनिबार
  • ५ः५५ बेलुका

चैत ४ मा आउदै चिसो एस्ट्रे

प्रकाशित मिति

२०७८ मंसिर २५ गते, शनिबार ०७:४५

मंसिर २५,काठमाडौं : ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ। आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा भन्ने फिल्मलाई दिनेश पाल्पाली दिन्श ले निर्देशन गरेका हुन्।

National Life

दिन्शले यसअघि ‘बालकृष्ण सम स् अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए। फिल्मले काठमाडौं पर्वतीय फिल्म महोत्सव किम्फ लगायत थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।


फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन्। सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ। दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले ‘राहदानी’, ‘कारखाना’ आदि फिल्ममा काम गरिसकेका छन्। निकुन श्रेष्ठ, ‘छड्के’ र ‘झिग्राना’मा रुचाइएका कलाकार हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन्। फिल्मको सह निर्मातामा रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन्। निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए।


नोबेल फ्रिक्सको पार्श्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन छ। फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ। केही दिनअघि मात्र ‘चिसो एस्ट्रे’ को फस्टलुक सार्वजनिक गरिएको थियो।

प्रतिकृया