• १७ असोज २०८३, शनिबार
  • ६ः२४ बेलुका

कांग्रेसको आज मनोनयन दर्ता हुँदै

प्रकाशित मिति

२०७८ मंसिर २५ गते, शनिबार ०७:२९

मंसिर २५, २०७८, काठमाडौं : शुक्रबार उद्‍घाटन भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ।

National Life

पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय सार्वजनिक गरिनेछ।


त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि आइतबार बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२स्१५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ। सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।


कांग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्नेछ। नीति अधिवेशन भने छुट्टै गर्ने जानकारी दिएको छ। यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन्।


भृकुटीमण्डपमा शुक्रबार उद्‍घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभा गृहमा चलिरहेको छ। महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधि सहभागी छन्।

प्रतिकृया