• १८ असोज २०८३, आइतबार
  • १ः३५ राती

कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०५:२९

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्ला अल-सनद । तस्वीर : कुवेत टाइम्स
२४ मंसिर, २०७८ काठमाडौँ : दोहा, कोरोनाको नयाँ भेरियन्ट‘ओमिक्रोन’ कुवेतमा पनि भेटिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्ला अल-सनदले बुधबार दिएको जानकारी अनुसार ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको जानकारी दिएका हुन्।

National Life

ती यात्रुले यसअघि नै कोभिड-१९ को दुवै डोज खोप लगाई सकेका थिए । उनी अहिले स्वास्थ्य प्रोटोकल अनुसार संस्थागत क्वारेनटाइनमा रहेको प्रवक्ता डा। अल-सनदलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।


उनले हाल, कुवेतमा महामारीको अवस्था स्थिर रहेको जनाउँदै नागरिक र आप्रवासी श्रमिकहरूलाई मन्त्रालयले जारी गरेको निर्देशन पालना गरी भाइरसको फैलावट रोक्न मद्दत गर्न र बुस्टर डोज खोप लिन अनुरोध गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कुवेतमा ओमिक्रोनका बिरामी भेटिएसँगै नेपाली कामदारहरूलाई थप सतर्कता अपनाउन तथा सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ। यसअघि खाडी मुलुक साउदी अरब र युएईमा पनि ओमिक्रोन भेटिसकेको छ ।

प्रतिकृया