यी हुन् कांग्रेसका अहिलेसम्मका सभापतिहरु
प्रकाशित मिति
२०७८ मंसिर २४ गते, शुक्रबार ०८:४७
२०७८ मंसिर २४, काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्थात् नेपालको सबैभन्दा पुरानो दलको महाकुम्भमेला शुरु भएको छ । आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। सभापति शेरबहादुर देउवाले उक्त महाधिवेशनको उद्घाटन गर्नेछन् ।
कांग्रेसले उद्घाटनमा चार लाख मानिस उतार्ने जनाएको छ । विदेशबाटसमेत अतिथिहरु आइसकेका छन् । कोरोना भाइरसको महामारीका कारण अपेक्षाकृत विदेशी भने आएका छैनन् । भारतबाट चार जना नेताहरु आइसकेका छन् ।
नेपालका सबै दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् ।
महाधिवेशन स्थलमा यतिबेला धमाधम मञ्च व्यवस्थापनको काम भइरहेको छ भने पार्टीका झण्डाले उद्घाटन स्थललाई झकिझकाउ बनाउने काम जारी छ । यो महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । २७ गते सोमबार बिहानदेखि मतदान हुनेछ ।
सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति बन्ने होडमा छन् । संस्थापन इतर पक्षबाट डा।शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिने बताएका छन् । विमलेन्द्र निधीले पनि उम्मेदवारी दिने बताएका छन् । सर्वेक्षणले देउवा नै सभापति बन्न सक्ने देखाएको छ ।
२००३ सालमा खडा भएको नेपाली राष्ट्रिय कांग्रेस हुँदै अहिलेको नेपाली कांग्रेससम्म आइपुग्दा १४ औं महाधिवेशन भइरहेको छ । यसबाट सभापतिको अनुहार भने धेरै फेरिएको छैन ।
स्थापनाकालमा वीपी कोइराला कार्यकारी सभापति भए । डिल्लीरमण रेग्मी, वीपी, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वमा पुगेका छन् ।
फेरि पनि नेतृत्वमा देउवा आए नयाँ अनुहार बदलिने छैन । इतर पक्ष एक ठाउँमा नहुने हो भने पहिलो चरणबाटै देउवा सभापति बन्ने सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षण भन्छ – सभापतिमा देउवा अगाडि, इतर पक्ष एकै ठाउँ नआए पहिलो चरण नै निर्णायक हुन सक्ने कांग्रेसको पहिलो महाधिवेशन २००३ सालमा भारतको पटनामा, दोस्रो २००४ सालमा भारतको बनारसमा, तेस्रो २००५ सालमा भारतकै दरभंगामा, चौथो २००६ सालमा भारतकै बनारसमा भएको थियो ।
त्यस्तै पाँचौं २००९ सालमा जनकपुरमा, छैटौं २०१२ सालमा वीरगन्जमा, सातौं २०१७ सालमा काठमाडौंमा, आठौं २०४८ मा झापामा, नवौं २०५३ मा काठमाडौंमा भएको थियो ।
दशौं २०५७ मा पोखरामा , एघारौं २०६२ सालमा पोखरामा भएको थियो । बाह्रौं २०६७ सालमा काठमाडौं र तेह्रौं २०७२ सालमा काठमाडौंमा भएको थियो ।








प्रतिकृया