• १८ असोज २०८३, आइतबार
  • २ः२८ दिउँसो

विश्वभर एकैदिन ६ लाख जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०८:४८

२४ मंसिर २०७८, काठमाडौँ : विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन् ।

National Life

यही अवधिमा ४ लाख १२ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ६ हजार ९७८ जना संक्रमितको मृत्यु भएको छ । थपिनेमा अमेरिकामा एक लाख ७ हजार ६९०, फ्रान्समा ५६ हजार ८५४, बेलायतमा ५० हजार ८६७, रुसमा ३० हजार २०९ र टर्कीमा १९ हजार ६९६ जना छन् ।


यसैगरी अमेरिकामा ५० हजार ४६०, बेलायतमा ३७ हजार ७७५, रुसमा ३५ हजार ७९४, टर्कीमा २७ हजार २६३ र फ्रान्समा २१ हजार ८७ जना निको भएका छन् । यस्तै रुसमा एक हजार १८१, अमेरिकामा एक हजार ३४, ब्राजिलमा २०६, टर्कीमा १९५, बेलायतमा १४८ र फ्रान्समा १३६ जना संक्रमितको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया