• १८ असोज २०८३, आइतबार
  • १ः०९ दिउँसो

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०८:२८

मंसिर २४, २०७८,काठमाडौं : अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन९एमसिसी०लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन।

National Life

दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञातरअज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसिसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ। सरकारको तयारीका कारण संसद्ले यसबारे कार्यसूची तयारी अवस्थामा राखेको छ।


स्रोतका अनुसार सरकारले एमसिसीलाई संसद्मा प्रस्तुत गरेपछि कसरी अघि बढाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने देखिएको स्रोतले बतायो। ‘सो दिन एमसिसी संसद्मा प्रस्तुत हुनेछ, त्यही बमोजिम कार्यसूची बनाउन लगाइएकोे छ,’ स्रोतले भन्यो।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारका एकजना मन्त्रीका अनुसार संसद्को अधिवेशन मुख्यगरी एमसिसी पारित गर्ने उद्देश्यले बोलाएकाले संसद्मा पहिलो दिनै छुट्टाछुट्टै बैठक बसेर भए पनि एमसिसी पारित गर्ने तयारी भएको दाबी गरेका छन्। तर स्रोतका अनुसार एमसिसी तत्कालै पारित नभए पनि प्रस्तुत भने अवश्य गरिने छ।


एमसिसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणपछि पनि सत्तारूढ गठबन्धनले यसबारे निर्णय गर्न भने सकेको भने छैन। अमेरिकी सहायक विदेश मन्त्री डोलाल्ड लुले मंसिर २८ गतेभित्र एमसिसी पारित नगरे फिर्ता लैजाने जानकारी प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दललाई गराइसकेका छन्।


जसबाट सत्तारूढ दललाई यसको दबाब परिरहेको छ। यसबाट पनि संसद् अधिवेशनमा एमसिसीको प्रक्रिया अघि बढ्ने अवस्था देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी जसरी पनि अघि बढाउने तयारीमा रहेका छन्। यो समाचार नागरिक दैनिकमा छ।

प्रतिकृया