• १८ असोज २०८३, आइतबार
  • २ः२८ दिउँसो

अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले किन पक्राउ गर्‍यो ?

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०५:२५

एजेन्सी

National Life

२३ मंसिर २०७८, काठमाडौं : भारतीय प्रहरीले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार पक्राउ गरेको थियो। विदेश जाने क्रममा उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरिएको थियो। मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो।


भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।


हाल फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ। उनलाई प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा छाडिएको हो।

प्रतिकृया