• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

देउवाको कार्यकर्तालाई आग्रह: कांग्रेसलाई पहिलो पार्टी बनाउन क्रियाशील हुनुहोस्

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०१:१३

२३ मंसिर २०७८, काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनपछि पार्टीलाई पहिलो बनाउनका निम्ति क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

National Life

सह-महामन्त्री प्रकाशशरण महतको पुस्तक विमोचन गर्दै उनले निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै क्रियाशील हुनुपर्ने बताएका हुन् । ‘यस उत्साहपूर्ण घडीमा महाधिवेशन गरेर फर्किंदा सबैले यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै साथीहरू लाग्नुहोला भन्न चाहन्छु,’ उनले भने । देउवाले १४औँ महाधिवेशनबाट पार्टीभित्र असहष्णुताको स्थिति अन्त्य हुनुपर्ने बताए ।


‘सहमति भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने कुरा हुन्छ,’ उनले भने, ‘कुनै किसिमको कटुता र कुनै किसिमको मनोमानी र असहिष्णुता नआओस्, ‘ देउवाले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया