• ७ असोज २०८३, बुधबार
  • १२ः४७ राती

पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउनस समय लाग्ने

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०९:००

धादिङः पृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । माथिबाट आएको लेदो सडकमा जमेपछि राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो सडकमा जमेपछि राजमार्गमा यातायात साधन रोकिएका छन् ।

National Life


राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गमा जम्मा भएको हो । अहिलेपनि हल्का पानी परिरहेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने खड्काले बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया