• १७ असोज २०८३, शनिबार
  • ८ः३८ बिहान

नया ढंगमा आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार ०४:४७

१९ मंसिर २०७८, काठमाडौँ : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोट नयाँ स्वरूपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टरको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई थप गुणस्तरीय सेवा दिने कम्पनीले दाबी गरेको छ ।

National Life

लाइफ इन्स्योरेन्स कम्पनीमध्ये आईएमईले सबैभन्दा पहिले एक वर्षअघि च्याटमार्फत सेवा दिन थालेको थियो । एक वर्षभित्र प्रविधिमा आएको परिवर्तन एवम् सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जानकारी दिएको छ ।


थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउन च्याटबोटमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स )तथा डिजिटल प्रविधि संयोजन गरिएको पनि कम्पनीले उल्लेख गरेको छ । एक वर्षभित्र दैनिक औषतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको, हालसम्म झन्डै एक लाख ७० हजारवटा प्रश्नहरू आएकोमा च्याटबोटमार्फत समाधान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरूको भरपर्दो उत्तर दिँदै छिटोछरितो ढंगले सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने च्याटबोट सञ्चालनको उद्धेश्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले बताए ।

प्रतिकृया