• १९ भदौ २०८३, शुक्रबार
  • ४ः५१ बेलुका

काभ्रेको पनौतीमा प्रहरीको गाडी दुर्घटनामा

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०३:२४

काभ्रेको पनौतीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ ।

बुधबार बिहान १०ः३० बजे संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको ना १ ग ४८४ गाडी पार्किङ गरिराखेको बा१३च ५०५७ गाडीसँग पनौती नगरापालिका–७ खड्गे भन्ने स्थानमा ठोक्किदा दुर्घटना भएको हो।

Kamana Sewa

उक्त दुर्घटनामा ७ जना प्रहरी घाइते भएको बताइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएकोले काठमाडौंकाे ट्रमा सेन्टरमा उपचारको लागि रिफर गरिएको छ भने अन्यको प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले नेपालतालाई जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया