• १८ असोज २०८३, आइतबार
  • ११ः५८ बिहान

डाक्टर,ईन्जिनियर सहित ११ भक्तपुरका अगुवा एकीकृत समाजवादी पार्टी प्रवेश

प्रकाशित मिति

२०७८ मंसिर १८ गते, शनिबार ०४:०४

आगामी निर्वाचनमा एकीकृत समाजवादी ठूलो पार्टी बन्छ :अध्यक्ष नेपाल

National Life

१८ मंसिर , २०७८,भक्तपुर : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताउनुभएको छ । डाक्टर,ईन्जिनियर सहित ११ भक्तपुरका अगुवाको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरुको लहर बढेको बताउनुभयो ।


उहाँले एकीकृत समाजवादी राम्रो पार्टी रहेको र सहि निष्कषर्मा पुग्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले अब कलम छापलाई जिताएर देशमा समाजवाद ल्याउने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष नेपालले देशव्यापी रुपमा निर्वाचनको मैदानमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाउने बताउनुभयो । उहाँको पार्टीमा बिधि र पद्धति ,क्षमता र योगदानको आधारमा सबै नेता र कार्यकर्ताको उचित मुल्यांकन हुने बताउनुभयो । कार्यक्रममा अध्यक्ष नेपालले उहाँहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराउनुभयो ।


एकीकृत समाजवादीमा प्रवेश गर्नेमा डा.दिनेश भुजु, डा.लक्ष्मी शिल्पकार, डा.राजन सुवाल, डा.प्रकाश सुवाल, डा. तिलक श्रेष्ठ, डा.अनुपमा अमात्य, इन्जिनियर रविन ढुकुछु, र माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य हुनुहुन्छ ।


उहाँहरुमध्य केही बिगतमा नेपाल मजदुर किसान पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका भक्तपुरका पुराना चर्चित ब्यक्ति समेत हुनुहुन्छ ।
डा.दिनेश भुजु, र डा.ई.राजन सुवालको ख्वप कलेज स्थापनामा समेत महत्वपुर्ण भुमिका रहेको मानिन्छ ।


पार्टीको भक्तपुर अध्यक्ष श्याम बस्नेतले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराइएको जानकारी दिनुभयो । पार्टी कार्यालयमा आयोजित समारोहमा पार्टीका उपाध्यक्ष प्रबेश हमाल, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.बिजय पौडेल, सचिव गंगालाल तुलाधर, पोलिटब्युरो सदस्य डा.राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य भवानी खड्का, बागमती प्रदेश कमिटी अध्यक्ष साबित्रा भुसाल, प्रदेश सचिव लक्ष्मण लम्साल, भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेत, उपसचिव रामगोपाल चौगुठी, भक्तपुर नगर कमिटी उपाध्यक्ष रमेश बल लगायतले उहाँहरुलाई स्वागत गर्नु भएको थियो।

प्रतिकृया