सुदुरपश्चिममै पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघरको उपचार
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०३:१६
सुदुरपश्चिमको निसर्ग हस्पिटलमा पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी (Hysteroscopy) सुरु भएको छ ।
निजि क्षेत्रबाट संचालित धनगढीको सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा यो उपचार भएको हो ।

बिरेन्द्रनगर नगरपालिका सुर्खेत घर भएकी ३१ वर्षीया प्रतिभा थापा (नाम परिवर्तित) को पहिलो पटक उक्त परिक्षण एवं उपचार भएको हो ।

उपचारका क्रममा दुरबिन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपी (Hysteroscopy) बाट उनको दायाँ डिंबबाहिनी नलि (Right Fallopian Tube) को मुख बन्द भएको देखियो ।
दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको उक्त बन्द भएको नलिको मुख खोलिएको छ ।
उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राडा नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा। हेमन्त ओझा लगायतको टिम खटिएको थियो ।
अस्पतालको स्थापना संगै यस्ता थुप्रै रोग तथा समस्या भएका बिरामीहरुले उपचार तथा अप्रेसनका लागि भारतका विभिन्न शहर अनि कोहलपुर, नेपालगन्ज, काठमाडौ जानुपर्ने बाध्यताको कमि भैरहेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।
।




प्रतिकृया