• २० असोज २०८३, मंगलबार
  • ६ः०६ बेलुका

राप्रपाको केन्द्रीय सदस्यमा पाठक र पाण्डेद्वारा उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०४:२०

१६ मंसिर २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा युवा नेता जनकराज पाठक र सुन्दर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ ।

National Life

पाठक राप्रपाको स्थापनाकालदेखि नै सक्रिय व्यक्तित्व हुन् भने हाल उनी सहायक पार्टीको केन्द्रीय सदस्यका साथै महाधिवेशन प्रचारविभाग सदस्यको भूमिकामा रहेका छन् । पाठकले कर्तव्यनिष्ठ र उर्जावान राप्रपा निर्माणका लागि भूमिका निर्वाह गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।


उनले राजसंस्था र हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य (खुल्लातर्फ) विजयी गराउन आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै पाण्डेले पनि राप्रपालाई बलियो शक्ति बनाउन युवाहरुको उपस्थिति जरुरी हुने भएकाले केन्द्रीय सदस्य (खुल्ला) तर्फ उम्मेदवारी घोषणा गरेको बताए ।


नुवाकोटका दुबै नेता डा प्रकाशचन्द्र लोहनी निकटका मानिन्छन् ।

प्रतिकृया