• ३ असोज २०८३, शनिबार
  • १२ः५६ दिउँसो

न्यायिक नेतृत्वको अन्योलले सर्वोच्चमा पुन सुनुवाइ प्रभावित

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०१:२६

६ मंसिर २०७८, काठमाडौं : गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

National Life

गत सोमबारदेखि अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको हो ।


कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबारको समेत इजलास आफै तोके । बुधबार भने सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोकियो । तर कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि बुधबार र बिहीबार मुद्दाको सुनुवाइ हुन नसकेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनैपनि इजलास सञ्चालन हुन सकेन । विहीबार कानून व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची प्रकाशित हुन सकेको छैन ।


मुद्दाको सुनुवाइका लागि पेशी सूची प्रकाशित गर्नु पहिलो काम हो । सामान्यतया १० देखि ११ बजेभित्रमा मुद्दाको पेशी तोक्ने गरिन्छ । तर बिहीबार १ बजेसम्म पनि पेशीसूची प्रकाशित भएको छैन ।

प्रतिकृया