राप्रपाको प्रस्ताव : परिवर्तनकारी शक्तिसमेत खुसी हुनसक्ने राजसंस्था सहितको लोकतन्त्र
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार ०१:१७
१६ मंसिर २०७८, काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले परिवर्तनकारी शक्तिसमेत खुसी हुनसक्ने राजसंस्था सहितको लोकतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ । राप्रपाले पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको कार्यपत्रमा राजसंस्थालाई समयानुकुल परिमार्जन गर्दै कायम राख्न सकिने उल्लेख गरिएको छ ।
‘प्राचिन संस्था भएको कारणले मात्र होईन नेपालको भू–राजनैतिक स्थिति, धार्मिक सामाजिक परिवेश एवं वर्तमान राजनैतिक अवस्थाको पृष्ठभूमिमा राजा सहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि हुन्छ’, राप्रपाको भनाइ छ, ‘कुनै पनि शक्तिलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व कायम हुन सक्दैन ।’
राजादेखि माओवादी लगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउने सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता रहेको र त्यो सम्भव हुने पनि दावी गरेको छ ।
‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र नियन्त्रण अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ
राप्रपाले राजादेखि माओवादी लगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउने सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता रहेको र त्यो सम्भव हुने पनि दावी गरेको छ ।
‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र नियन्त्रण अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ’, कार्यपत्रमा भनिएको छ, ‘२०६२र६३ को जनआन्दोलन पछिको परिवर्तन एवं नेपालको संविधान २०७२ जारी भएपश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्य प्रति पनि राप्रपा सचेत रहेको छ । त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ ।’






प्रतिकृया