• ५ असोज २०८३, सोमबार
  • ३ः५४ राती

न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन बारको आग्रह

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०१:३७

१६ मंसिर २०७८, काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

National Life

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ ९६० अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।


नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलपछि बारले गरेको विरोध सभामा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पनि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा सक्रिय हुन नचाहने हो भने वरिष्ठतम न्यायाधीशलाई पनि शंकाको दृष्टिले हेर्ने चेतावनी दिए ।

प्रतिकृया