• २१ असोज २०८३, बुधबार
  • ७ः१५ बिहान

राजासंस्था र हिन्दुराष्ट्र पुनःस्थापनामा संविधानको दुई तिहाईको धारा पर्खेर बस्दैनौंः कमल थापा

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०३:४३

१५ मंसिर २०७८, काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनका लागि सडक र सदन दुवै शक्तिको प्रयोग गर्ने बताएका छन् । उनले जनताको आन्दोलनले राजालाई नारायणहिटीमा लगेर राख्ने ठोकुवा गरे ।

National Life

‘देशमा जब प्रत्येक दिन सडकमा लाखौं जनता निस्कनेछन् त्यतिबेला राप्रपा संविधानको दुई तिहाईको धारा पर्खेर बस्दैन,’ थापाले महाधिवेशन उदघाटन समारोहमा बोल्दै भने,‘जनताले नागार्जुनमा बसेका राजालाई नारायणहिटीमा राख्नेछन् ।’ उनले राजा आऊ देश बचाऊ नभई जनता आऊ राजालाई ल्याऊ भन्ने नारा भएको बताए ।


आफूबाट धेरै गल्ती भएको स्वीकार्दै थापाले अब दोहोरिन नदिने बताए । तर, एउटा चुनाव हार्दैमा राप्रपाको सिद्धान्त नमर्ने र कमजोर नहुने बताए । उनले भने,‘राप्रपा कमजोर भएको छैन । एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

देशलाई अर्को द्वन्द्वमा जान नदिन आफूहरु २०७२ को संविधान जारी हुँदा सुझबुझका साथ कदम चाल्न पुगेको सुनाए । तर, आफूहरु संघर्षबाट पछि नहटेको तर्क गरे । थापाले राप्रपा कुनै हालतमा फुट्न नदिने बताए । आफूहरुले गीता खाएर पार्टी फुट्न नदिने कसम खाएको समेत सुनाए ।

प्रतिकृया