• २१ असोज २०८३, बुधबार
  • ४ः०३ बिहान

नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार १०:५५

१२ मंसिर २०७८, काठमाडौं : दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न आज ११ बजे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको छ । सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ ।

National Life

सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने भएको छ ।

बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ भेरियन्टको पहिचान रोकथाम लागि सीमा नाकामा कडाइ र सुरक्षित हवाई उडानबारे छलफल गर्ने उनले बताइन् । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरेको छ ।

प्रतिकृया