• २१ असोज २०८३, बुधबार
  • ४ः२२ बिहान

हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार १०:४५

१२ मंसिर २०७८, काठमाडौं : हङकङमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ ।

National Life

दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए ।


दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ । यसअघि भारतमा पनि यो भेरियन्ट फेला परिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो ।


डब्लूएचओले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको बताएपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।

प्रतिकृया