• २१ असोज २०८३, बुधबार
  • ५ः०६ बिहान

पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर ११ गते, शनिबार ०५:५९

११ मंसिर २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ७२४ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार १५६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३२५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ।


उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया