• २१ असोज २०८३, बुधबार
  • ७ः०४ बिहान

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : नेता सिंह

प्रकाशित मिति

२०७८ मंसिर ११ गते, शनिबार ०१:४३

११ मंसिर २०७८, काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन्।

National Life

‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४औं महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ,’ उनले भने। नेता सिंहले १४औं महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरे।


२०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हार्‍यो भनेर गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउन शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आशा र भरोसा दिने नेतृत्व १४औं महाधिवेशनले दिनुपर्ने बताए। उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढंगले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।


कांग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कृष्ण (सबुज) बानियाँले कांग्रेस संगठनलाई थप सशक्त बनाउन आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताए।


कार्यक्रममा काठमाडौं–१० का सांसद राजेन्द्रकुमार केसी, सांसद दिव्यमणिराज भण्डारी, प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, जीवन डंगोल, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौं महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतको सहभागिता थियो।


बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा।डा।अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेका थिए।

प्रतिकृया