• २० असोज २०८३, मंगलबार
  • ८ः५५ राती

एमाले महाधिवेशनको सबै तयारी सकियो, ४५ वटा स्वागतद्वार बनाइयो

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०२:०५

९ मंसिर २०७८, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सबै तयारी सकिएको छ। भोलि शुक्रबारदेखि तीन दिनसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले चितवनको आतिथ्य शाखाले जनाएको छ।

National Life

मङ्सिर १० उद्घाटन हुने महाधिवेशनस्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट, गैँडाको मस्कट निर्माणसहितका सबै काम पूरा भएको छ । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको छ ।


राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ। एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेको महाधिवेशनमा आउने दुई २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवास व्यवस्थापन गरिएको छ।


आवास व्यवस्थापन समितिका संयोजक एवम् संघीय सांसद कृष्णभक्त पोखरेलले महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधि आउने क्रम सुरु भएको बताएका छन्।

प्रतिकृया