• २० असोज २०८३, मंगलबार
  • ९ः४० राती

पार्टी निर्णयलाई सम्मान गर्दै प्रदीप यादवले गरे सत्यतथ्य छानविनको माग

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०१:५२

९ मंसिर २०७८, काठमाडौं : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिबाट निलम्बनमा परेका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् ।

National Life

पार्टी कारवाहीमा परेका प्रदीप यादवले भने, ‘पार्टीले गरेको निर्णयलाई सम्मान गर्छु तर जुन आरोप ममाथि लगाइएको छ, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, म अहिल्यै पनि भन्छु, म गलत छैन, म निर्दोष छु ।’



हिजो बुधबार सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई पार्टीको अनुशासन विपरित काम गरेको आरोपमा केन्द्रीय समितिबाट निलम्बन गरेको थियो । मन्त्री पद नपाएको भन्दै पार्टीको झण्डा जलाएको, पार्टी कार्यालय तोडफोड गरेको आरोप प्रदीप यादवमाथि छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीले कारवाही गर्ने निर्णय गरेपनि कार्यकारिणी सदस्य नवराज सुवेदीको अध्यक्षतामा छानविन गर्ने एउटा समिति बनेको छ । त्यसले पुनः घटनाको बारेमा छानविन गर्नेछ । छानविन गरेपछि पार्टीलाई प्रतिवेदन बुझाउनेछ ।’

प्रतिकृया