• १९ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री देउवासमक्ष विभिन्न ६ विद्यार्थी संगठनको माग

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०५:०५

८ मंसिर २०७८, काठमाण्डौ :  संयुक्त विद्यार्थी सङ्गठनले महँगी र मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी सङ्गठनले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका हुन् ।

National Life

पछिल्लो समय इन्धन र खाद्यान्नको मूल्य चर्को वृद्धि भएको भन्दै उक्त मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका छन् । मूल्यवृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् । इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी सङ्गठन देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् । ६ विद्यार्थी सङ्गठनका नेताले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिकृया