• २० असोज २०८३, मंगलबार
  • ३ः३१ राती

कांग्रेस महाधिबेशन: प्युठान जिल्ला सभापतिमा पौडेल पक्षका गिरी निर्वाचित

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार १०:२५

८ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार शिवराज रिजाललाई ७२ मतले पछि पार्दै गिरी विजयी भएका हुन् ।

National Life

निर्वाचनमा एक हजार ६९ मत खसेकोमा गिरीले ५६६ मत तथा रिजालले ४९४ मत प्राप्त गरेका र ९ मत बदर भएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिएका छन् ।


सभापतिमा निर्वाचित गिरी गौमुखी गाउँपालिका अध्यक्ष हुन् । जिल्ला कार्यसमितिका सदस्य र महाधिवेशन प्रतिनिधिहरू भने सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ । गिरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वर सिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर तथा सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन् ।

प्रतिकृया