• २० असोज २०८३, मंगलबार
  • ९ः२४ राती

सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०४:४४

५ मंसिर २०७८, काठमाडौं : सिरहा प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

National Life

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गापा(३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित नरहा गाउँपालिका बस्ने इन्दल यादव (२१ ) र सोही ठाउँ बस्ने कपिल महरालाई (२०) पक्राउ गरेको हो ।


प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनालाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिकृया