• २० असोज २०८३, मंगलबार
  • ८ः५५ राती

कांग्रेसलाई देउवाकै परिपक्व नेतृत्व चाहिन्छः ढुंगाना

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार १२:२३

२ मंसिर, २०७८ काठमाडौँ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले पार्टीको परिस्थिति र देशको आवश्यकता अनुसार शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ढुंगानाले भने, “नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सभापतिमा उम्मेदवारी दिनु कुनै अनौठो कुरा होइन ।

National Life

शेरबहादुर देउवाले पनि उपयुक्त समयमा उम्मेवारी घोषणा गर्नुहुन्छ । यसमा कुनै द्विविधा छैन । कांग्रेस र देशको परिस्थिति र आवश्यकता अनुसार देउवा उठ्नुहुन्छ ।”


नयाँ पुस्ता आउनुहुँदैन भन्ने पक्षमा आफू नभए पनि कांग्रेसलाई परिपक्व नेतृत्व चाहिने उनले बताए । संस्थापन पक्षबाट देउवा, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि अनि संस्थापन इतरबाट रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिँदा पार्टी विभाजित हुँदैन भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो ।

Classic Tech Mobile
Classic Tech Desktop

आठौं महाधिवेशनमा कृष्णप्रसाद भट्टराई सर्वसम्मत सभापति हुनुभएको हो । त्यसपछिका महाधिवेशनमा प्रतिस्पर्धाबाट नै नेतृत्व चयन भएको छ। प्रतिस्पर्धाले पार्टी विभाजित हुँदैन । जति कटुता देखिए पनि कांग्रेस एकताबद्ध नै रहन्छ ।”


नेता ढुंगानाले कांग्रेस शक्ति पृथक्कीकरणको पक्षपाती भएकाले स्वतन्त्र न्यायालयमा हस्तक्षेप नगर्ने बताए । उनले भने, “अहिले हामी महाधिवेशनको काममा व्यस्त छौं । हामी कसैको समर्थन र विरोधमा जाने भन्ने कुरा आउँदैन । सर्वोच्च अदालतले आफैं निकास निकाल्न सकेन भने मात्र हामीले निर्णय लिने अवस्था आउँछ ।”


एमसीसी राष्टिय सहमतिका आधारमा पारित गर्ने प्रधानमन्त्री देउवाले भनिसकेकाले यसमा थप बहस गरिरहनुको औचित्य नभएको उनले स्पष्ट पारे ।

प्रतिकृया