• २० असोज २०८३, मंगलबार
  • ७ः२१ बेलुका

प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे

प्रकाशित मिति

२०७८ कार्तिक ३० गते, मंगलवार १२:१७

फाइल तस्वीर
३० कार्तिक, २०७८  वीरगन्ज : न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

National Life

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न राणालाई सुझाव दिए । राणाले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि राणाले पदमा बस्न नहुने बताए ।


राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर राणालाई महाअभियोग लगाउन माग गरिसकेका छन् ।

प्रतिकृया