• २० असोज २०८३, मंगलबार
  • १०ः२९ राती

दुर्घटनामा गम्भीर घाइते डा. दीपकको ट्रमामा उपचार हुँदै, निःशुल्क गर्न सरकारको निर्देशन

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार ०५:२१

२९ कार्तिक, २०७८ काठमाडौँ :  दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको सबै उपचार निस्शुल्क गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचाररत डा. खरेलको सबै उपचार निशुल्क गर्न सरकारले निर्देशन दिएको हो। स्वास्थ्य सचिव डा. रोशन पोखरेल ट्रमा सेन्टरमा पुगी उपचार सबै निशुल्क गर्न निर्देशन दिएको ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद जोशीले बताए।

National Life

उनले भने, ‘स्वास्थ्य सचिवज्यू आउनु भएको थियो। उहाँले डा. दीपक खरेलको सबै उपचार यही संस्थाले बेहोर्ने गरेर निशुल्क उपचार गर्न निर्देशन दिनु भएको छ।’


डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई तीन दिनअघि ट्रमा सेन्टरमा रिफर गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

ट्रमा सेन्टरमा हाल उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ। हाल उनी अचेत अवस्थामा छन्। स्वास्थ्यमा केही सुधार भएपनि अवस्था भने अत्यन्तै गम्भीर रहेको डा. जोशीले जानकारी दिए।


उनले भने, ‘उहाँको आइसीयूमा उपचार भइरहेको छ। उहाँको टाउको चोट लागेका कारण रगत जमेको छ। स्वास्थ्यमा केही सुधार आएका छन्। तर अवस्था भने निकै गम्भीर छ। हाम्रो टिमले उपचार गरिरहेको छ।’ डा .खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए।

प्रतिकृया