• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

नयाँ ३ प्रदेश प्रमुखले लिए सपथ

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ०४:२०

२५ कार्तिक, २०७८ काठमाडौँ :  नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

National Life

सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए । नयाँ प्रदेश प्रमुखहरूमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।


यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया