• ३२ साउन २०८३, सोमबार
  • १०:४९ बेलुका

इलामका उद्योगीहरुले चिया उद्योग बन्द गर्ने निर्णय

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०४:२४

इलामका उद्योगीहरुले चिया उद्योग बन्द गर्ने निर्णय गरेका छन् । एशोसिएसनले नगरपालिकालाई पत्र पठाएर असार १२ गतेदेखि कारखाना बन्द गर्ने घोषणा गरेको छ।

जिल्लाको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेको हो  नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि—एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको छ।गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो रु ४० कायम गरेको थियो।

Kamana Sewa

तर अहिलेको ‘सिजन’ मा उत्पादन भएको चियापत्तीमा गुणस्तरअनुसार तोकेको मूल्य दिन नसक्ने उद्योगीले जनाएका छन्।सरकारले चिया उद्योगीको पीर मर्कालाई कहिल्यै नबुझेको उल्लेख गर्दै पत्रमा एशोसिएसनले यस सम्बन्धमा नगरपालिकाले पनि सम्बोधन गर्नुपर्ने माग गरेको छ।

Classic Tech Desktop

उद्योगीहरुका अनुसार यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँइन्थ्यो तर
यसपटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नगरपालिकाले एकलौटी ढङ्गले दरभाउ तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नुपरेको हो ।

 

 

प्रतिकृया