• १ असोज २०८३, बिहीबार
  • ५ः२२ बेलुका

शिवम् सिमेन्ट्सको छैठौं वािर्षक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७८ कार्तिक १७ गते, बुधबार ११:३२

१७ कार्तिक, २०७८ काठमाडौँ : नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारण सभा (आ. व. २०७७।०७८) आज मिति : २०७८ साल कार्तिक १६ गते मँगलबारका दिन कम्पनीका कार्यकारी अध्यक्ष श्री सुरेन्द्र कुमार गोयलज्यूको अध्यक्षतामा शेयरधनी महानुभावहरु Zoom Virtual माध्यमबाट समेत सहभागिता र उपस्थितीमा सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहान्छौं ।

National Life

उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभाँसमा लाग्ने कर सहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव सहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको आ. व. २०७७।०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्न श्री सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको हुंदा सर्व साधारण शेयरधनी महानुभावहरुको बैंक खातामा शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभाँस वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगर्नु भएको भए अद्यावधिक गरी नगद लाभाँस प्राप्त गर्नु हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।


अन्त्यमा आज आयोजना गरिएको आ. व. २०७७।०७८ को बार्षिक साधारण सभा सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु लगायत सबैमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया