• ३२ साउन २०८३, सोमबार
  • ११:३९ बेलुका

डेंगु संक्रमणका तीन चरण

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०२:०९

यतिखेर नेपालका मध्य तथा पूर्वी तराईमा डेंगुको संक्रमण बढ्दो क्रममा छ। बढ्दो तापक्रमका कारण डेंगु ज्वरोको संक्रमण तीब्र गतिमा फैलिरहेको छ।

डेंगुको संक्रमणले ठूला–साना सबै उमेर समूहका व्यक्तिहरुलाई प्रभावित पार्ने गर्छ। त्यसमा पनि बालबालिकालाई डेंगुको संक्रमणले छिटो र सजिलै समात्नसक्छ। त्यसैले हरेक  अभिभावकलाई डेंगुको संक्रमणबारे जनचेतना हुनु अति आवश्यक छ।

Kamana Sewa

डेंगु एक किसिमको भाइरल संक्रमण हो, जुन स्त्री जातिको एडिज नामक लामखुट्टेको टोकाइबाट सर्छ। उक्त प्रजातिको लामखुट्टे सफा पानी जमेको ठाउँमा बस्छ र डेंगु संक्रमण फैलाउँछ। डेंगु भाइरसको कारण हुने संक्रमण हो डेंगु।

Classic Tech Desktop

डेंगु भाइरस ४ प्रकारका हुन्छन्। प्रत्येकले डेंगु ज्वरो र गम्भीर डेंगु (डेंगु रक्तश्राव ज्वरो) निम्त्याउन सक्छ। पहिलो संक्रमणका लक्षणहरु सामान्य हुन्छन्। एक पटक ठिक भइसकेपछि यो प्रकारको भाइरसप्रति आजीवन प्रतिरक्षा विकास हुने छ।

तथापि ठिक भइसकेपछि अन्य तीन प्रकारका भाइरसप्रति आंशिक र अस्थायी प्रतिरक्षा मात्र हुन्छ। डेंगु भाइरसका अन्य प्रकारका पछिल्ला संक्रमणहरुले गम्भीर डेंगु निम्त्याउने बढी सम्भावना हुन्छ।

डेंगुका संक्रमणलाई तीन चरणमा विभाजित गरिएको छ

फेवराइल फेज
यो चरण २ देखि ७ दिनको अवधिसम्म हुन्छ। यो फेजमा बच्चहरुलाई अन्य भाइरल संक्रमण जस्तै उच्च ज्वरो आउने (१०४ डिग्रीसम्म) टाउको दुख्ने, मांसपेसी, जोनीहरु दुख्ने नाकबाट पानी बग्ने, एलर्जी हुने जस्ता लक्षण देखापर्छन्।

कुनैकुनै बिरामीमा प्लेटलेट कम भएर आन्तरिक  रक्तश्राव (नाक, गिजाबाट रगत आउने), शरीरमा राता डाबरहरु आउने जस्ता लक्षण पनि हुन्छन्। यो फेजमा संक्रमित बिरामीको रगत परीक्षण गर्दा सेता रक्ततत्व र प्लेटलेटको संख्या कम हुन्छ भने हेमाटोक्रिट बढेको देख्न सकिन्छ। यस्तो बिरामीमा डेंगुको विशेष परीक्षण गराउन सकिन्छ।

डिहाइड्रेसन हुने कारणले संक्रमित बालबालिकालाई यो फेजमा अत्यधिक मात्रामा तरल पर्दाथ सेवन गराउनुपर्छ। ड्ंगु ज्वरोलाई सामान्य रुपमा नलिई डेंगु प्रकोपित क्षेत्रका अभिभावकले समयमा नै अस्पताल पुर्‍याउँदा सामान्य उपचारपछि धेरै बालबालिकालाई घर फर्काउन सकिन्छ। हेलचेक्राई गर्दा यो संक्रमणले विकराल रुप लिई धेरै बालबालिकाको ज्यान पनि जानसक्छ।

क्रिटिकल फेज 
यो फेज ३ देखि ७ दिन अवधिसम्मको हुन्छ। यो फेजमा ज्वरो हराउँदै जान्छ। तर कमजोर रोग प्रतिरोधात्मक प्रणालीको कारण शरीरको प्लाज्माबाट पानीहरु लिकेज भएर अरु अंगहरु (जस्तै फोक्सो, पेट इत्यादि) मा जम्मा हुन्छ। त्यसैले बच्चाहरुमा श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, फुल्ने, रक्तचाप कम हुने जस्ता समस्या देखिन्छन्।

यो चरणमा सेता रक्तकण र प्लेटलेटको संख्या तीव्र रुपमा घढ्ने सम्भावनाले गर्दा  बिरामीलाई सघन कक्षमा २४  घन्टा स्वास्थ्यकर्मीको निगरानीमा राखी उपचार गरिन्छ। यो फेज सुरु भएको २४ देखि ४८ घण्टा खतरापूर्ण हुन्छ। यसबाट बिरामीलाई निकाल्न सकिए बिरामी रिकभरी फेजमा जान्छ। हैन भने यसले विकराल रुप लिई बिरामीको ज्यान लिन्छ।

रिभकरी फेज
यो फेजमा प्लाज्माबाट लिकेज भएको पानी शरीरमा रिअब्जर्ब हुने हुनाले फ्लुड ओभरलोड हुने सम्भावना हुन्छ। जसले गर्दा दिमागमा असर परेर बच्चा बेहोस् हुने, काप्ने जस्ता समस्या उत्पन्न हुन सक्छन्। त्यसैले यो फेजमा अरु लक्षणहरु हराउँदै गए पनि बिरामीलाई खास हेरचारको आवश्यक पर्छ। यस फेजमा सेता रक्तकोष र प्लेटलेटको संख्या भने सामान्य अवस्थामा नै आउँछ।

डेंगुको कुनै पनि औषधि र खोप उपलब्ध नभएको कारण समयमै अभिभावकले सामान्य  ज्वरालाई हेलचेक्र्याइँ नगरी बालबालिकालाई स्वास्थ्यकर्मीसम्म पुर्‍याउने र संक्रमित बालबालिकालाई उपचार पद्धति अनुसार समयमै उपचार सुरु गर्दा धेरैलाई मुत्युको मुखबाट  बचाउन सकिन्छ।

बच्ने उपाय 
आफ्नो घर वरिपरि सरसफाइ गरी पानी जम्ने ठाउँ पुर्ने, एयर कन्डिसन, कुलर, गमला, पुराना टाय घरपरिवरि नराख्ने। लामखुट्टेको टोकाइबाट बच्च्न झुल, धुप वा क्रिम प्रयोग गर्ने। पूरै शरीर ढाक्नेगरी बाहुला भएको लुगा बच्चालाई लगाइदिने।

स्वास्थ्य खबरपत्रिका बाट  !

प्रतिकृया