• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

सिरहामा सारीकाे पासाे लाएर आत्महत्या

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १२:५०

सिरहामा एकजना महिलाले सारीको पासो लाएर झुण्डिएर आत्महत्या गरेकी छिन् ।

National Life

शनिबार सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर घर भएकी २५ वर्षीया सुमनदेवी ठाकुरलाई मोबाइल चोरीको आरोपमा  लहानबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशबारीको हिरासतमा पठाएको थियो ।

आइतबार बिहान  महिला  थुनुवा सँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरी उपरीक्षक  उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राख्न ठाउँ नभएको कारण ठाकुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयको थुनुवामा पठाइएको एसपी चतुर्वेदीले बताए ।उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिकृया