• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

मोबाइलमा धेरै च्याट गर्नुहुन्छ ? यो पढ्नुहोस्

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १२:४९

प्रविधिको विकासँगै नयाँ डिजिटल सामाग्रीको उत्पादन र सेवाहरूको विकास तीव्र गतीमा हुँदैछ । जसले गर्दा मानिसको दैनिकी र स्वभावमा परिर्वतन आएको छ । अहिलेको युगमा सबैको हातहातमा मोबाइल, ल्यापटप र ट्याब्लेट छन् । च्याट गर्न, फोटो खिच्न, गेम्स खेल्न, इन्टरनेट, भिडियो हेर्न मोबाइलको प्रयोग झनै बढेको छ ।

National Life

स्मार्ट फोन बोक्दैमा मान्छे पनि स्माट देखिने भ्रमले भ्रमले उचीत प्रयोग गर्न नजान्दा जीवनमा धेरै समस्याहरु आइरहेको हुन्छ । प्रविधीले संसारलाइ एउटा गाउँ जस्तै बनाएको छ । मोबाइलका कारण संसार एउटै गाउँ जस्तै बनेपनि आफ्नै छेउमा भएका परिवारका सदस्यहरु टाढिदै गइरहेका छन् । मोबाइलमा च्याट गरेर मात्र मानिसहरूले आफ्नो दिनको १६ घन्टा सम्म बिताउने गर्छन् ।

हामीले यसरी अनावश्यक रुपमा दिनभरी सामाजिक संजालमा च्याट गरेर आफ्नो समय बर्बाद गरिरहेका छौं साथै हामीले हाम्रो शरीरलाई हानी समेत पूर्याइरहेका छौँ । हामीले मोबाइलमा धेरै च्याट गरेमा आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, मानसिक थकान, डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति तथा अन्य धेरै रोगहरू लाग्ने सम्भावना बढ्ने गर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घन्टौं एउटै पोजिसनमा बसेर मोबाइलमा ब्यस्दा महत्वपूर्ण काममा असार, खानपान, शरीरको थकान ले गर्दा विभिन्न रोग निम्तिन सक्छन् । नियमित रुपमा शारीरिक व्यायाम नगर्दा हाम्रो शरीरको हड्डीहरू बिस्तारै कमजोर हुँदै जान्छन् । मानिस अबेर राति सम्म च्याट गर्न ब्यस्त हुन्छन् । यसले गर्दा निन्द्रामा समस्या पर्न सक्छ जसले अनुहारमा डण्डीफोर, दाग, आँखा मुनि कालो घेरा, थायराइडको समस्या, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, मोटोपन, पेट सम्बन्धि विभिन्न रोगहरु देखा पर्न सक्छ । त्यसैले हामीले धेरै च्याट गर्ने बानी बसाउनु हुँदैन ।

नियमित रुपमा आफुलाई मनपर्ने क्रियाकलापमा ब्यस्त हुँदा, घुम्न जाँदा, साथीहरुसँग भेट्न जाँदा, परिवारसँग समय बिताउँदा हामी यस्तो कुलतबाट टाढा बस्न सक्छौं । हामीले मोबाइल कति कति बेला चलाउने भनेर एउटा टाइम टेबल बनाउनु पर्छ । नियम नै बनाएर दिनको कम्तीमा दुई घन्टा अफलाइन रहनुस् । यदि सुरु सुरुमा गाह्रो भए मोबाइल नै अफ गरेर बस्नुहोस । बिस्तारै यो अवधि बढाउँदै जानुपर्छ । मोबाइललाई घरमै छोडेर बाहिर घुम्न जाने गर्दा बाहिरको बातावरणले मन पनि शान्त हुनुका साथै च्याट गर्ने ध्यान पनि बिस्तारै हट्दै जान्छ । समय फर्केर आउँदैन , त्यसैले चाहिने कुराहरु मात्र बोलेर हामीले मोबाइलमा धेरै च्याट नगर्दै राम्रो हुन्छ ।

हामीले त्यस समयलाई हाम्रो महत्वपूर्ण कामहरु गर्नका लागि खर्च गर्नु पर्छ । मोबाइल बाहिर पनि एउटा राम्रो संसार छ । हामीले त्यस संसारमा आफ्ना साथीभइ, परिवार र इस्टमित्रहरु संग रमाएर, आफ्नो खुशी र समस्या बाडेर जिउन सिक्नु पर्छ ।

प्रतिकृया