• २० असोज २०८३, मंगलबार
  • ६ः०७ बेलुका

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ०९:३५

६ कार्तिक, २०७८ एजेन्सी : पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।

National Life

मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गरेर गरिएको बताए । उनले अल–कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हमलाबाट बच्न सकिने बताए ।


सेप्टेम्बरको अन्तिममा पेन्टागनले देशका उत्तर–पश्चिममा इदलिब नजिकै हवाई हमलामा अल–कायदाका वरिष्ठ कमाण्डर सलीम अबू–अहमदको हत्या गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया