• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

जिल्ला इन्चार्ज पौडेल मुठभेडमै मारिएका हुन् : मन्त्री थापा

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १०:३७

 

National Life

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् ।

सोमबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री थापाले भने, अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला इन्चार्ज पौडेल यही असार ५ गते लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर दक्षिण बाटोमा मारिएका थिए ।

मन्त्री थापाले विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको जनाएको छ ।

प्रतिकृया