• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

एनएलजी इन्स्योरेन्सको अपरिस्कृत वित्तीय विवरण स्वीकृत

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ०२:३५

३ कार्तिक, २०७८ काठमाडौँ :  एनएलजी इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण नभएको वित्तीय विवरणलाई बीमा समितिले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। सो कम्पनीले बीमा समितिबाट अन्तिम वित्तीय विवरण तयार पार्नेसम्बन्धी प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति लिएको हो। यससँगै बीमा समितिबाट आर्थिक वर्ष २०७७÷०७८ को अडिटको लागि सैद्धान्तिक स्वीकृति लिने एनएलजी पहिलो कम्पनी बनेको छ।

National Life

नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्। सबै बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको दुई महिनामा आन्तरिक अडिट तयार पारी सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गर्नुपर्छ। एनएलजी इन्स्योरेन्स कम्पनीले दसैँअघि नै बीमा समितिमा पेश गरेको वित्तीय विवरणलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको बीमा समितिले जनाएको छ।


समितिका अनुसार अन्य तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण सैद्धान्तिक स्वीकृतिको प्रक्रियामा रहेको बताइएको छ। समितिमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले सैद्धान्तिक सहमतिका लागि फाइल पेश गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बीमा समितिको सैद्धान्तिक स्वीकृतिपछि अब एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको वित्तीय विवरण ल्याट (लायबिलिटी एडिक्वेन्सी टेष्ट, एक्चुरी भ्यालुयसन) का लागि भारत पठाउन पाउने भएको छ। एक्चुरी भ्यालुयसनको प्रक्रिया पूरा भएपछि एनएफआरएसअनुसारको वित्तीय विवरण तयार पारेपछि साधारणसभाको बाटो खुल्ने छ।


एक्चुरी भ्यालुयसन स्वदेशमा नहुनेलगायतका कारण बीमा समितिले पनि बीमा कम्पनीहरुलाई आव सकिएको १० महिनाभित्रमा अन्तिम स्वीकृति लिन पाउने व्यवस्था गरेको छ।

प्रतिकृया