• २१ असोज २०८३, बुधबार
  • ५ः५० बिहान

कांग्रेस नेता महतको मत– अरुसँग मिलेर होइन, कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्छ

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ०१:५२

३ कार्तिक, २०७८ चितवन : नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले आगामी चुनावमा अरु दलसँग मिलेर नभइ एकजुट भएर कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने मत व्यक्त गरेका छन् । ‘५–१० दल मिलेर सरकार चलाउने कुरा सजिलो छैन’, महतले भने, ‘कांग्रेस एक्लैले बहुमत ल्याउनु पर्छ । हाम्रो ध्यान त्यतै केन्द्रित भएको छ ।’

National Life

आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सय दिनमा उल्लेख्य काम गरेको भन्दै चुनावमा कांग्रेसले बहुमत ल्याउने दावी गरे । उनले देशभर बाढी तथा पहिरोका कारण भएको क्षतिको मूल्यांकन गरेर राहत दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिकृया