• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

सिन्धुपाल्चोकमा एकैदिन चार भूकम्पको धक्का

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०६:१९

१, कार्तिक २०७८ काठमाडौँ : सिन्धुपाल्चोकमा सोमबार चारपटक भूकम्प गएको छ । एकैदिन चारओटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। सुरुमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर १:४६ बजे र १: ५६ बजे दुई धक्का महसुस गरिएको थियो ।

National Life

यी दुबै पराकम्प ४.६ म्याग्निच्युटका थिए । दोस्रोपटक भने सिन्धुपाल्चोककै हगाम क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३:२० बजे (४.१ म्याग्निच्युट) र ३:२३ बजे (४ म्याग्निच्युट) दुई पराकम्प महसुस गरिएको हो ।

प्रतिकृया