• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

आजदेखि सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कुन ठाउँ पुगेको कति ?(सूचीसहित)

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०५:४२

१, कार्तिक २०७८ काठमाडौँ : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा सोमबारदेखि वृद्धि भएको छ । आजदेखि उक्त प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशतले वृद्धि भएको हो ।

National Life

बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर सरकारले गरेको उक्त निर्णय आजदेखि लागू भएको हो । जसअनुसार अब काठमाण्डु उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।


यो भाडादर ५ किलोमिटरसम्म लागू हुने जनाइएको छ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान लैजान पाउनेछन् ।


प्रतिकृया