• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

मुगुमा बस दुर्घटना: २२ जनाको मृत्यु, १८ घाइते

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ०३:४०

२६ असोज, २०७८ काठमाडौँ :  मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीका अनुसार घटनास्थलमा उद्धार गर्न प्रहरी टोली पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

National Life

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रतिकृया