• १९ असार २०८३, शुक्रबार
  • ६:१८ बेलुका

अवैध लागूऔषध गाँजा सहित पक्राउ

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार १२:२९

मनहरी गाउँपालिका-८ गणेशधाराबाट २ जनालाई अवैध लागूऔषध गाँजा करिब ३० किलो सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट मिटुवा गाउँपालिका-५ बस्ने २३ वर्षीय सुरेश साह र रौतहट राजकुर गाउँपालिका-८ बस्ने ३३ वर्षीय दिनेश जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया